स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
उनी अवकाश प्राप्त चिकित्सक हुन्। उनकै पहलमा २०७२ साल चैत २५ मा स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । त्यस समय उनी बोर्डको कार्यकारी निर्देशक थिए ।
गत माघ २४ गते डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।