स्वास्थ्य बीमा बोर्डलाई कम्पनीमा परिणत गरि बीमा प्राधिकरणको नियमनमा ल्याउन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 11:55:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले स्वास्थ्य बीमा बोर्डलाई कम्पनीमा परिणत गरि बीमा प्राधिकरणको नियमनमा ल्याउन प्रस्ताव गरेको छ। प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ को  नीति तथा कार्यक्रमको लागि सुझाव प्रस्तुत गर्दै यस्तो प्रस्ताव गरेको हो ।

प्राधिकरणले पठाएको प्रस्तावमा स्वास्थ्य बीमा बोर्डलाई प्राधिकरणको मातहतमा ल्याउनु पर्ने उल्लेख छ। स्वास्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बीमा कम्पनीमा रुपान्तरण गरि प्राधिकरणको नियमनको दायरामा ल्याउन प्राधिकरणले सुझाव दिएको छ । 

हाल स्वस्थ्य बीमा बोर्ड स्वास्थ्य मन्त्रालयको मातहतमा सञ्चालित छ । यस अघि बीमा संस्थान पनि आफ्नै ऐन अनुसार चलिरहेको थियो । पछि बीमा ऐन २०७९ को प्रावधान अनुसार संस्थान कम्पनीमा परिणत भइसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved