औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेका उद्योग र गोदाम हटाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 08:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रभित्र ठाउँ मात्रै ओगटेर बसेका उद्योग हटाउन निर्देशन दिएका छन् । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको अनुगमन तथा निरीक्षण पश्चात मन्त्री भट्टले देशभरका १० वटै औद्योगिक क्षेत्रभित्र रहेका सबै अनुत्पादक व्यवसायका दर्ता तथा ठाउँ मात्रै ओगटेका सोरुम हटाउन निर्देशन दिएका हुन् । 

‘उत्पादन र रोजगारी सृजना गर्ने उद्योग चलाउनुस्, अरु सबै हटाउनुस्’ मन्त्री भट्टलाई उदृत गर्दै मन्त्राललयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । मन्त्र भट्टले लिमिटेड भित्रको विवाद अन्त्य नगरे हस्तक्षेप गर्ने चेतावनी पनि दिएका छन् । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत १० वटा औद्योगिक क्षेत्रमा करिब ५० उद्योगहरु ठाउँ मात्रै ओगट्ने किसिमका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved