नेपालमा थप ९ अर्ब ६८ करोड लगानी गर्दै डाबर नेपाल, लगानी बोर्डसंग गर्यो सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 05:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रा. लि. बीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, संचालन र व्यवस्थापन गर्नका लागि पुर्नलगानी (Reinvestment) का रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ ।

लगानी बोर्डको कार्यालयमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपाल प्रा.लि.का तर्फबाट विजनेस हेड  हरकिरत सिंह वेदीले हस्ताक्षर गरेका छन्।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि लगानी बोर्डको ४९ औं बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपाल प्रा.लि.ले पेस गरेको Capacity Enhancement and Diversification सम्बन्धी परियोजना प्रस्ताव अनुसार ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी हुने भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् डाबर नेपाल प्रा. लि. का विजनेस हेड वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको विचार व्यक्त गरे । त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपाल प्रा.लि.का तर्फबाट हुन लागेको पुर्नलगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको चर्चा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले डाबर नेपालको पुनर्लगानीले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहीत हुने भन्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेका लगानीकर्ताबाटै सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने धारणा राखे। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved