बिना धितो २५ लाखसम्म ऋण पाउने स्टार्टअप कर्जाका लागि १८६ उद्योग छनोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 10:28:15 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग विभागले स्टार्टअप कर्जाको दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा स्टार्ट अप उद्योगहरुलाई छनोट गरेको छ । प्रथम चरणको मूल्याकंन प्रक्रियाबाट विभागले दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा उद्योगहरुलाई छनोट गरेको हो । 

छनोटमा परेका उद्योगलाई कर्जाका लागि उद्योग विभागले राष्ट्र बैंकसमक्ष सिफारिस गर्ने भएको छ । 

विभागले गत चैत १६ गते कर्जा लिन इच्छुक स्टार्टअप उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न २१ दिने सूचना जारी गरेको थियो । विभागले माग गरेको प्रस्तावसहितको आश्वानमा ४०५ वटा ीटार्ट अप उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए ।

विभागले पहिलो चरणको मूल्याकंन प्रकृयाबाट २१९ वटा उद्योगलाई हटाएको थियो । 

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार सहुलियत पूर्ण कर्जा अधिकतम २५ लाख रुपैयाँको हुनेछ । ब्याजदर जम्मा ३ प्रतिशत हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved