बजेट कार्यान्वयनमा उपलब्धि भएन: अध्यक्ष अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 04:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट सार्वजनिक भएको ६ महिना हुँदा पनि बजेट कार्यान्वयनमा खास उपलब्धि नभएको बताएका छन् । गत वर्षको तुलनामा यसवर्ष बजेट कार्यान्वयन केही बढी भए पनि अपेक्षाकृत उपलब्धि भने नदेखिएको उनको भनाइ छ । 

उनले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकारको विकास बजेट खर्च हुनुपर्ने बताए । पुँजीगत बजेट खर्च नहुँदा आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन मुस्किल हुने अध्यक्ष अग्रवालको भनाइ छ ।

उनले पुँजीगत खर्च समयमै नहुँदा निर्माण सम्बन्धि उद्योगसहित अर्थतन्त्रमा नै समस्या उत्पन्न हुने भएकोले विकास बजेट खर्च गर्ने सरकारको क्षमता बढाउन आवश्यक रहेको संकेत पनि गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved