उद्योग संगठन मोरङ ५६औं वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 05:20:09 PM मा प्रकाशित

laxmi  sunrise bank

विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरेको छ ।  

संगठनको ५६औं स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले संगठनका पूर्व अध्यक्षहरुले संगठनमा पुर्याएको योगदानको स्मरण गरे  । उनले पछिल्लो दिनमा संगठनले अध्ययन अनुसन्धानका आधारीत नीतिगत वहस पैरवीलाई जोड दिदै उद्यमशिलता प्रवद्र्धनको ईको सिस्टम विकासमा क्रियाशिल रहेको वताए । 

सोही अवसरमा अध्यक्ष सुरानाले उद्यमशिलता विकासमा आफनो भविष्य वनाउन चाहने आर्थिक रुपमा कमजोर लगनशिल र मेहनती एकजना विधार्थीलाई विराटनगरको डिग्री क्याम्पसमा एम.वि.ए अध्ययन गर्न पूर्ण स्कलरशिप प्रदान गर्ने घोषणा समेत गरे । उनले उक्त विद्यार्थीलाई संगठन अन्तर्गतको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रममा समावेश गरि उद्यमशिलता विकासका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने बताए । 

संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले कुनैपनि संस्थाको गरिमा अभिवृद्धिमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउँदै संगठनको ओजसीलो ईतिहास निर्माणमा पूर्व अध्यक्षहरुले पु¥याउनु भएको योगदानको प्रशंसा गर । उनले यस क्षेत्रको औद्योगिक विकास, लगानीमैत्री वातावरण निर्माणमा संगठनले विगत देखि पु¥याउदै आएको योगदानलाई आगामी दिनमा समेत निरन्तरता दिने विश्वास व्यक्त गरे ।  

५६औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले ब्यापार संघ र संगठनले उद्योगी व्यवसायीहरुको राष्ट्रिय मुद्दाहरुमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गर्दै अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।  

संगठनका कार्यसमिति सदस्य एवं ५६औं स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकास प्रतिवद्ध संगठनको संस्थागत विकासमा सहयोग पु¥याउनु हुने सबैलाई धन्यावाद दिए ।    

स्थापना दिवश अवसरमा आयोजित कार्यक्रममा संगठनका पदाधिकारीकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्ष एवं पदाधिकारी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved