प्रिमियर स्टीलको पूर्वाधार डेभलपर्स मिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 07:34:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर स्टिलको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० सम्पन्न भएको छ । आयोजकका अनुसार शनिबार काठमाडौँमा मिट सम्पन्न भएको हो ।

प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडाले देश निमार्णमा राम्रो भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरेका थिए । अहिले सरकारको ढुकुटीमा पैसा नभएको भन्दै कन्ट्रयाक्टरहरुले रकम भुक्तानी नपाएकोले केही समस्याहरू उत्पन्न भइरहेको समेत बताए । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल निमार्ण व्यवसायी महासङ्घका अध्यक्ष सिंहले नेपालमा निमार्ण व्यवसायीको राम्रो सम्भावना भएता पनि सरकारले समयमा भुक्तानी नदिँदा यो सम्पूर्ण क्षेत्र नै बदनाम हुन पुगेको दृष्टान्त सुनाए । आफू निमार्ण व्यवसायमा आबद्ध भएपछि स्टिलमा प्रिमियर स्टिल आफ्नो पहिलो प्राथमिकतामा पर्ने गरेको समेत बताए । तर सरकारले पुँजीगत खर्च गर्न नसकेको कारण निमार्ण व्यवसायी र उद्योगीहरूको सम्बन्ध चिसिँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।     

कार्यक्रमका विशिष्ट अतिथि उद्योग सचिव निरौलाले सरकारलाई मात्र दोषी नभन्न आग्रह गर्दै सरकारले एक व्यक्ति वा एक कम्पनीको बारेमा मात्र नभएर सबैको लागि काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

कार्यक्रमलाई समापन गर्दै सारडा ग्रपका निर्देशक सौरभ सारडाले सबैलाई धन्यवाद ज्ञापन गर्दै भबिष्यमा प्रिमियर स्टिलले नयाँ उचाइ छुने विश्वास व्यक्त गरे । ६ वर्षको अवधिमा हाल जस्तो कठिन परिस्थिति कहिल्यै नआएको तर सबै सरोकारवालाहरूको साथ र सहयोगले नयाँ उचाइ हासिल गर्न सकिएको बताए । उनले उद्योगी र निमार्ण व्यवसायीहरूको सम्बन्ध नङ र मासुको  जस्तो रहेको औँल्याउँदै हामी सबै मिलेर गए मात्र यस कठिन परिस्थितिलाई चिर्न सकिने धारणा राखेका थिए । 

प्रिमियर स्टिल प्रालिको यसपटकको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० मा १ सय ६५ जनाको सहभागिता रहेको कम्पनीका ब्राण्ड मेनेजर सजल रावतले बताए ।

कार्यक्रममा प्रिमियर स्टिलसँग आबद्ध देशभरका डेभलपर्स एण्ड कन्ट्रयाक्टर्सहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव मुकुन्द निरौला, नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सारडा ग्रुपका निर्देशक सौरभ सारडा, र प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडा लगायतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved