जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्ममा ४१ करोड ३७ लाखको आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले दिएको जानकारी अनुसार तेस्रो दिन मंगलबार ४ बजेसम्ममा ५६ हजार १ सय ५५ जना आवेदकबाट ४१ लाख ३७ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको हो । यो कुल निष्काशनको २.४४ गुणा बढी हो ।
आईपिओमा आज तेस्रो दिन सबै भन्दा धेरै १६ लाख ८ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको छ । पहिलो दिन १० लाख ४० हजार र दोस्रो दिन १४ लाख ८९ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो ।
स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ । बाँकि रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
'४ बर्षदेखि बिजुली बेचिरहेको कम्पनी हो,आइपीओलाई रेटिंङ मात्र नहेर्नुस' प्रशासन प्रमुख, जोशी हाइड्रो
लगानीकर्ताले छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्म आवेदन दिन सक्ने छन । सी आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर अनलाइनबाट मात्र आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको आईपिओले इक्रा नेपालबाट ग्रेड ५ को रेटिंग पाएको छ जसले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ ।
आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ ।
कतिपय हाइड्रोले बिद्युत उत्पादन नै नगरी सर्वसाधारणलाई आइपीओ निष्काशन गरेकोमा जोशी हाइड्रोले भने २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भएको नेपाल विद्युत् प्राधिकरण पावर ट्रेड डिपार्टमेन्टमा उल्लेख गरिएको छ। अहिले निष्काशन गरिएको आइपीओबाट तिर्नुपर्ने ३२ करोड ऋण तिरे लगत्तै सेयरधनिहरुलाई प्रतिफल दिने कम्पनीका प्रमुख सुधिर लामिछानेको भनाई छ।