जनसेवी लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले अम्पनीलाई बैशाख २ गते शेयर निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले सर्वसाधारणको लागि ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गर्ने छ । कम्पनीले सुरुमा सर्वसाधारणको लागि ४ करोड २० लाख बराबरको ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको थियो । तर कम्पनीले बाफिया अनुसार प्रस्ताव परिमार्जन गर्दै ४३ हजार ३ सय थप कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
लघुवित्तले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको बुझाउछ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।
जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।