नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बैशाख १७ गते मंगलबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगका अनुसार मंगलबार बिहान ९ बजे शेयर बाँडफांड हुन् लागेको हो।
कम्पनीले बैशाख ८ गतेदेखि १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्रीमा राखेको हो। जसमध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन । कम्पनीको शेयर गोलाप्रथाबाट १५ हजार १ सय २० जनालाई १० कित्ताका दरले बाँडफांड हुनेछ ।
आईपिओमा ३ लाख १५ हजार भन्दा बढीले आवेदन दिएका छन् । यस हिसाबमा झन्डै ३ लाख आवेदक हात खाली हुने छन् ।