जनसेवी लघुवित्तले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सोमबार दिउँसो ३ बजे क्यापिटलको कार्यालय नक्सालमा शेयर बाँडफांड गर्न लागेको हो
आईपिओमा ३ लाख ३५ हजार ६ सय २१ आवेदकबाट कुल ६१ लाख ४२ हजार ६ सय ४० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ११.५८ गुणा बढी हो । यद्यपि यो संख्या आवेदन भेरिफाई हुनु भन्दा अगाडीको रहेकोले यसमा केहि तल माथि हुन्र सक्ने छ ।
जनसेवीले बैशाख २७ गतेदेखि ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये २३ हजार क सय ६५ कित्ता सामुहिक लगानी कोषको लागि र ७ हजार १ सय ४५ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ३२ हजार ९ सय ९० कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन् । गोलाप्रथाबाट ४३ हजार २ सय ९९ आवेदकले मात्र समान १० कित्ताका दरले कम्पनीको शेयर पाउने छन् ।
जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।