नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओले ग्रेड २ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड २ को रेटिंङ प्रदान गरेको हो । रेटिंग कम्पनीले ग्रेड १ देखि ५ सम्माम ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।
कम्पनीले एक अर्ब साठी करोड बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० अकित दरका एक करोड साठी लाख कित्ता साधारण शेयरहरु निष्काशन गर्ने भएको हो । सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
हाल नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब पुग्नेछ ।
सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल पौष ४ गते बिमा समितिबाट पुनर्बीमाको इजाजतपत्र प्राप्त पाएको थियो। कम्पनीले आर्थिक बर्ष २०७४÷७५ को अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन गरेको छ ।