सबैको लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो ।
कम्पनीले साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको हो। जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
आईपिओमा कुल ३ लाख २ हजार १ सय ९२ जनाले आवेदन दिएकोमा ४ सय ५४ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका ३ लाख १ हजार ७ सय ३८ मध्ये गोलाप्रथाबाट ४९ हजार ५ सय २५ जनाले गोलाप्रथाबाट समान १० कित्ता दरले शेयर पाएका छन् ।
आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुने छ ।
कम्पनीले तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको हो।