आईपिओ निष्काशन गर्न लागेको तेह्रथुम पावर कम्पनीले कमजोर रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ४ प्लसको रेटिंङ दिएको हो । ग्रेड ४ प्लस ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ। रेटिंङ कम्पनीले ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।
कम्पनीले १२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुमका आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता र सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि गर्न लागेको हो। यसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीको अधिकृत पुंजी ४० करोड, जारी पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड छ। स्थानीय तथा सर्वसाधारणलाई आइपीओ बाँडफाँड तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्नेछ।
कम्पनीले नेपाल बिद्युत प्राधिकरणसंग २०७३ कात्तिकमा गरेको बिद्युत खरिद बिक्रि सम्झौता अनुसार २०७६ पुष १ गते बिद्युत उत्पादन गर्नुपर्नेछ। तर कम्पनीले सम्झौतामा तोकिएको भन्दा ६ महिना अगाडी नै बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। यस आयोजनामा माछापुच्छ्रे बैकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैकको क्रमश: ४० करोड, ३० करोड र ३० करोड लगानी रहेको छ।