नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलेनिष्काशन गरेको आइपिओ लकडाउन खुलेपछि मात्र बाँडफाँट गर्ने भएको छ । कम्पनीको आइपिओ विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैकिक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले लकडाउन सकिएपछि मात्र आईपिओ बाँडफाँट गर्ने बताएका हुन् ।
उनले चैत १४ गते नै आइपिओ बाँडफाँट गर्ने तयारीमा रहेपनि लकडाउनको कारण गर्न नसकिएको बताए। धितोपत्र बाँडफाँड गर्दा लगानीकर्ता, बिक्रि प्रबन्धक, कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, रजिष्टारका प्रतिनिधि उपस्थित हुनुपर्छ । सरकारले भिडभाड नगर्न भनेपछि आइपिओ बाँडफाँट गर्न नपाएको प्याकुरेलले बताए । कम्पनीले मात्रै बाँडफाँड गर्दा पारदर्शी समेत नहुने भएकोले बाँडफाँड सारिएको प्याकुरेलको भनाइ छ। 'लकडाउनको अवधी लम्बीयो भने बाँडफाँट हुने अवधी पनि लम्बीन सक्छ ।' उनले भने ।
आइपिओ बाँडफाँट गर्दा सिडिएसले मान्यता दिएको सफ्टवेयरबाट गोलप्रथा गनुपर्ने हुन्छ । उनले अझै तिन चार वटा बैंकबाट आईपिओ भरेकाहरुको डाटा भेरिफाइ हुन बाकी रहेको बताए ।
कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।
बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ हुँदैछ ।