एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 08:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिभिन्न स्थानमा विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी ¥याली कार्यक्रम संचालन गरेको छ । विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक र सफल पार्न ग्रामिण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्धेश्यका साथ देशैभरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण तथा ¥याली कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार लघुवित्त वित्तीय संस्थासंग आबद्ध सदस्यहरु तथा लघुवित्तका कर्मचारीहरुको सहभागिता रहेका कार्यक्रहरु मधेश प्रदेश अन्तर्गतका  बर्दिबास, बट्टेश्वर, कल्याणपुर, कोशी प्रदेश अन्तर्गतका भद्रपुर र धाईजान, गण्डकी प्रदेश अन्तर्गतको क्यामिन (आबुखैरेनी), लुम्विनी प्रदेश अन्तर्गतको महाराजगञ्ज (डुमरा) तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतको बहुनिया आदि स्थानहरुमा वित्तीय साक्षरता अभिमुखीकरणका साथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको ¥याली कार्यक्रम संचालन भएका हुन्। यसबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास संस्थाले लिएको छ ।

लघुवित्तले २८७ शाखाहरु मार्फत सेवाप्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved