निक्षेप तथा कर्जा सुरक्षण कोष र स्वस्तिक लघुवित्तबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 10:21:20 AM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोष र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच पशुधन सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख जिवन सापकोटा र स्वस्तिक लघुवित्त वित्तीयको तर्फबाट प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले हस्ताक्षर गरेका छन् । 

लघुवित्तले आफुले प्रदान गरेको कर्जाबाट ऋणीले खरिद गरेका पशुधनको सुरक्षण कोष मार्फत गर्न तत्परता जनाए पश्चात यो सम्झौता भएको हो । यस प्रकार सुरक्षण हुने पशुधनको कुल सुरक्षण रकमको पाँच प्रतिशत वार्षिक रुपमा सुरक्षण शुल्क लाग्ने छ । सो को ८० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी २० प्रतिशत स्वस्तिक लघुवित्त वित्तीय संस्था लि। ले कोषमा जम्मा गर्नु पर्ने छ।

कोषमा सुरक्षित पशुधनको मृत्यु भएमा सो को क्षतिपुर्ति वापत सुरक्षण लेखमा उल्लेखित सुरक्षण रकमको ९० प्रतिशतले हुन आउने रकम संस्थाले दाबी गर्न सक्ने छ । साथै सुरक्षण गरेको पशधनु अनुत्पादक भएको प्रमाणित भएमा त्यस्तो पशुधनको सुरक्षण लेखमा उल्लेखित सुरक्षण रकमको ५० प्रतिशतले हुन आउने रकम संस्थाले दाबी गर्न सक्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved