नेशनल र समीट लघुवित्तबीच अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर, यस्ता छन् सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 09:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. र समीट लघुवित्त वित्तीय संस्था लि. बीच मर्जरकोलागी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । आज बुधबार नेशनल माइक्रोफाइनान्सबाट संचालक समितीका अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्तका संचालक समितिका अध्यक्ष तिर्थराज ढकाल ले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गगरेका हुन्।

नेशनल माइक्रोफाइनान्सको १०० कित्ता शेयर बरावर समीट लघुवित्तको ७३ कित्ता शेयर हुनेगरि स्वाप अनुपात तय भएको छ । मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि.हूने र केन्द्रीय कार्यालय बनेपा रहने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नेशनल माइक्रोफाइनन्स लघुवित्तको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव रहने र अध्यक्षमा नेशनल माइक्रोफाइनन्स लघुवित्तको अध्यक्ष केशवप्रसाद आचार्य नै रहने गरि सम्झौअत् भएको छ ।

मर्जर पश्चात हुने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को चुक्ता पुंजी रु.१ अर्ब ८ करोड भई शाखा सजांल २०५ हुने र देशको ७४ जिल्लामा संस्थाको पहूंच पुग्ने छ । ग्राहक सदस्य संख्या करिब २ लाख १० हजार भन्दा माथी भई कर्मचारी संख्यां करिब ९०० जना पुग्ने, कर्जा रु.१७ अर्ब र बचत करिब रु.५ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved