समस्याग्रस्त सुपर लघुवित्तलाई भेटिएनन् जनशक्ति, योग्यता घटाउँदै तलव बढाएर फेरि सूचना जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 08:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि फेरि जनशक्ति माग गरेको छ । राष्ट्र बैंकले यस अघि वैशाख २८ गते पहिलो पटक र जेठ १९ गते दोस्रो पटक सूचना जारी गर्दै दरखास्त माग गरेको थियो ।

तर २ पटक पनि जानशक्ति फेला नपरेपछि राष्ट्र बैंकले योग्यता घटाउँदै र तलव बढाएर आज असार १४ गते नयाँ सुचना जारी गरेको छ । राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले साउन ३ गतेसम्म आवेदन दिइसक्न आग्रह गरेको छ ।  दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो कुल्ने प्रमाणपत्रसमेत),  र छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  

राष्ट्र बैंकका अनुसार संयोजक पदको लागि उम्मेदवारले चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ५(पाँच) बर्षको कार्य अनुभव प्राप्त गरेको हुनु पर्ने जनाएको छ । यस अघि न्युनतम १० वर्षको अनुभव कायम गरिएकोमा त्यसलाई घटाई अहिले न्युनतम ५ वर्ष अनुभव भएको भए पनि हुने उल्लेख गरिएको छ ।

त्यस्तै सदस्य पदको लागि उम्मेदवारले चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र वा व्यापार प्रशासन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा वा लेखा सम्बन्धी कार्यमा न्यूनतम ३(तीन) वर्षको कार्य अनुभव प्राप्त गरेको हुनु पर्ने छ । सदस्य पदलाई यस अघि न्युनतम ५ वर्षको अनुभव कायम गरिएकोमा त्यसलाई घटाई अहिले न्युनतम ३ वर्ष अनुभव भएको भए पनि हुने उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्र बैंकले तलव पनि बढाएको छ । यस अघि संयोजकलाई १ लाख २५ हजार तलव तोकिएकोमा अब तलव बढाएर १ लाख ९० हजार पुर्याईएको छ । त्यस्तै सदस्यलाई यस अघि १ लाख ५ हजार तलव कायम गरिएकोमा अब १ लाख ५० हजार कायम गरिएको छ ।

यस्ता छन् अन्य सेवा र शर्त 

१. सेवा अवधिः १ (एक) वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६÷६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने) ।

२. दरखास्त दिने अन्तिम मितिमा उम्मेदवार ६५ वर्ष ननाघेको हुनु पर्नेछ ।

३. परीक्षाको किसिम ः कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता ।

४. दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागिछनोट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशित गरिनेछ ।

५. पारिश्रमिक तथा अन्य सुविधाहरू ः संयोजकको लागि रु.१,९०,०००।– (अक्षरेपि एक लाख नब्बेहजार मात्र) तथा सदस्यको लागि रु.१,५०,०००।–(अक्षरेपि एक लाख पचास हजार मात्र) मासिक पारिश्रमिक (नियमानुसारको कर सहित) प्रदान गरिने छ । दशंै खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ । सो बाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन ।

६. काम गर्नुपर्ने कार्यालय ः सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङ ।

७. दरखास्त फाराम छनोट समितिको सचिवालयमा पेश गर्नु पर्नेछ ।

८. दरखास्त पेश गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालयसमयभित्र दरखास्त पेश गर्न सकिनेछ ।

९.दरखास्त फाराम र सोका साथ पेश गर्नुपर्ने विवरण, व्यवसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेश सम्बन्धीजानकारी छनोट समितिको सचिवालयबाट उपलब्ध हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved