ग्लोबल आइएमई लघुवित्तद्धारा सामाजिक कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 07:44:40 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्तको सम्झनाबजार प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखा कार्यालयहरु मार्फत विभिन्न १६ स्थानमा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । जसबाट प्रत्यक्ष रुपमा करिब ५५० सदस्य, स्थानिय तथा विद्यार्थिहरु लाभान्वित भएको कम्पनीले जनाएको छ । 

संस्थाले पाल्पा जिल्ला रैनादेवी छहरा गाँउपालिका वडा नं. ३ मान्द्रेघाटमा करिब १५०० मिटर लामो खानेपानीको पाईप वितरण गरि स्थानिय ३२ घरधुरीको खानेपानीको समस्या समाधान गरेको छ । त्यस्तै बाँकेको नरैनापुर शाखामा आवद्ध महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरेको छ भने कैलाली जिल्लाको गौरिगंगा न.पा. मनकापुरमा प्रतिक्षालय निर्माण गरि स्थानियलाई हस्तान्तरण गरेको छ । संस्थाले सामाजिक कार्यक्रम अन्र्तगतका करिब ४०० विपन्न परिवारलाई किटनाशक झुल तथा फलफुलका बिरुवा वितरण गरेको छ । 

वित्तीय संस्थाले बर्दघाट सुस्ता पश्चिम भुताहा स्थित श्री राजामहात्मा पुर्णभद्र माध्यमिक विद्यालयको कक्षा १० मा अध्यनरत करिब ७५ जना स्कुले छात्र–छात्राहरुलाई वित्तीय साक्षरता तथा विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्रिहरु  वितरण गरेको सम्झनावजार प्रादेशिक कार्यालयका प्रमुख बसन्त सुवेदीले बताए ।

वित्तीय संस्थाले देशैभरि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक गतिविधीहरु सञ्चालन गर्दै आइरहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved