मर्जरपछि राष्ट्र उत्थान र आशा लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 08:58:48 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर तथा प्राप्ति पछि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तले असार ३१ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।  आशा लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो  । 

दुवै संस्थाको असार १६ गते अस्म्पन्न विशेष साधारणसभाले मर्जर त्तहा प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ तथा नेपाल धितोपत्र बोर्डले असार २६ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले असर २७ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो  । 

यस संगै आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेर आशा लघुवित्तको नामबाट असार ३१ देखि एकिकृत कारोबार सुरु हुनेछ । समान हैसियत अर्थात् १:१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्न लागेको हो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानकाे केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved