इन्फिनिटी लघुवित्तले दियो सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 06:57:01 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तले ९५ शाखाका कर्मचारीलाई तालिम दिएको छ । संस्थाले ४३ वटा जिल्लाका ९५ शाखाका सबै कर्मचारीहरुलाई एएमएल सिएफटी र क्वालिटि ग्रोथिङ सम्बन्धी तालिम दिएको हो । 

सम्पूर्ण प्रदेशमा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषयमा प्रशिक्षित गरिएको जनाइएको छ । 

यसैगरी, क्वालिटि ग्रोथिङका विषयमा पनि प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । 

संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलिका विशेष रणनिती, उच्च मनोवलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनिती र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम बृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका कर्जा असुलि एवं अनुगमन तथा सुपरीवेक्षण विभागका विभागीय प्रमुख नयन देवकोटाले सहभागीहरुलाई प्रशिक्षित गराएको थिए । 

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए । 

कार्यक्रम विभिन्न मितिमा विभिन्न जिल्लाहरु जस्तै बाराको सिमरा, महोत्तरीको बर्दिवास, सुनसरीको ईटहरी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, कैलालीको अत्तरीया र बाँकेको कोहलपुर गरि नेपाल अधिराज्य भर विभिन्न सात स्थानमा भब्यताको साथ कार्यक्रम सम्पन्न भएको विभागीय प्रमुख नयन देवकोटाले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved