ऋण मिनाहाको माग गर्दै लघुवित्त पीडितद्वारा बालुवाटारमा प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 05:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तपीडितहरूले नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन्। लघुवित्त पीडितहरुले आज बुधबार राष्ट्र बैंक परिसर बालुवाटारमा प्रदर्शन गरेका हुन् । 

लघुवित्त तथा वित्तीय शोषण विरुद्दको संघर्ष समितिको आयोजनामा पीडितहरुले लघुवित्तले दिएको सामुहिक ऋण मिनाहा गर्नुपर्ने, र मिनाहा नगरे गभर्नरले राजीनामा दिनु पर्ने माग सहित प्रदर्शन गरेको हो। 



आफ्नो माग पुरा नभएसम्म आन्दोलन नै बसिरहने लघुवित्तपीडितहरुले बताए । माग पुरा नगरे राष्ट्र बैंकमै पसेर तोडफोड गर्ने चेतावनी पनि लाघुबितात पीडितहरुले दिएका छन् । 

एक लघुवित्त पीडितले राष्ट्र बैंकले पीडितका कुरा नसुने राष्ट्र बैंक भित्र नै गएर आत्मदाह गर्ने चेतावनी दिएकी छिन् । सुरुमा नाफा हुन्छ भनेर जबर्जस्ती ऋण लिन लगाएर त्यसको व्याज ३ गुणा बनाउने गरेको र तिर्न नसक्दा जसरी, जे गरेर हुन्छ ऋण तिर्नु पर्छ भनेर घरमै गएर यातना दिने गरेको उनको गुनासो छ। 

लघुवित्त पीडितहरु चितवनबाट पैदल यात्रा गरेर काठमाडौँ आएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved