मर्जरपछि सामुदायिक र बिपिडब्लु लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 10:26:00 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर तथा प्राप्तिपछि सामुदायिक लघुवित्त र बिपीडब्लु  लघुवित्तले फागुन २४ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।  सामुदायिक लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो  । 

दुवै संस्थाको असोज ३० गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा  प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले माघ २४ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन ९ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो  । 

यस संगै सामुदायिक लघुवित्तले बिपीडब्लु लघुवित्तलाई गाभेर सामुदायिक लघुवित्तको नामबाट फागुन २४ गते देखि एकिकृत कारोबार सुरु हुनेछ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको सामुदायिककाे केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

१००: ०.८५३५ को अनुपातमा राष्ट्र बैंकले मर्जरको लागि स्वीकृति दिएको हो । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले १०० कित्ता नै शेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले ८५.३५ कित्ता शेयर पाउने छन्  । 

सामुदायिक लघुवित्तले बिपीडब्लुलाई गाभेको हुनाले संस्थाको लेटरप्याडमा  'सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको' भन्ने व्यहोरा उल्लेख गर्नु पर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved