नेरूडे मिर्मिरे लघुवित्तद्वारा ५ लाख ७१ हजारको बीमा दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 03:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे मिर्मिरे लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय प्रकाशपुर, सुनसरीले ५ लाख ७१ हजारको बीमा दाबी भूक्तानी गरेको छ । शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि बीमा दाबी रकम भुक्तानी गरेको जनाएको छ।

शाखाले सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बूलाई बिमाङ्क तथा क्रिया खर्च रकम रु. ५ लाख ७१ हजार ८८ रूपैंया भुक्तानी गरेको हो । शाखा कार्यालय प्रकाशपुर केन्द्र न. ६० राजाबास मिर्मिरे महिला समुहमा आबद्द निज सदस्यको परिवारलाइ सुर्य ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीसंग बीमा सहकार्य गरेकोमा उक्त रकम बराहक्षेत्र नगरपालिका वडा न ९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशीले चेक मार्फत हस्तान्तरण गरेको शाखाले जनाएको छ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा प्रकाशपुर शाखा कार्यालय प्रमुख चन्द्रप्रकाश शाह,  चक्रघटी शाखा प्रमुख रन्जित कुमार चौधरी, शाखाका कर्मचारीहरु सुस्मिता कुमारी भगत , सिमा साह तथा केन्द्र न ६० का सदस्यहरु तथा स्थानीय भद्र भलादमीहरु र वडा सदस्य चतुर लाल चैाधरी, भरत चन्द्रवंशीको समेत उपस्थिति रहेको थियो । 

दाबी भुक्तानी लिने क्रममा सपना लिम्बूले बीमा र नेरूडे मिर्मिरे लघुवित्तलाइ धन्यवाद दिंदै यस्ता किसिमका सुबिधाले संस्था तथा सदस्यको परिवारलाई आर्थिक भार नहुने बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved