महिन्द्रा कम्पनीले अपग्रेड गरेको महिन्द्रा पिक अप सार्वजनिक गरेको छ । यसमा ६ गियर, १ सय ३ किलोवाट सहितको टर्बो डिजल शक्ति रहेको छ । यस्तै २ हजार ५ सय किलो भारवहन क्षमता गाडीमा रहेको कम्पनीले जनाएको छ ।
यो पिकअप ४÷४ मा समेत उपलब्ध रहेको जनाईएको छ । यसमा रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल, नेभिगेसन, अटो क्लाइमेट कन्ट्रोल र मल्टिफंक्सन स्टेरिङ ह्विल लगायत विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा एबिएस, डुअल एयरब्याग, कोल्याबसिबल स्टेरिङ कोल्मन लगायत विशेषता छन् ।