
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज गरेको छ ।
एनआईडिसि राष्ट्रिय वाणिज्य बैंकमा विलय भएपछि दुवैको एकिकृत कारोबार भएकोले उक्त धितोपत्रको सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।
एआईडिसिलाई वाणिज्य बैंकले प्राप्ति गर्ने समझदारी गरेपछि २०७४ भदौ १२ गतेदेखि कारोबार स्थगन गरिएको थियो ।