
नेपालमा अनलाईन प्रणाली मार्फत शेयर कारोबार गर्नेको संख्या ५७ हजार नाघेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साउन २९ गतेसम्ममा ५७ हजार १ सय ५६ पुगेको हो । कुल २ लाख ७८ हजार १ सय १ जना सक्रिय लगानीकर्ता रहेकोमा २०.५५ प्रतिशतले अनलाईन प्रणालीमा आवद्द भएको नेप्सेले जनाएको हो ।
नेप्सेका अनुसार प्रतिशतको आधारमा सबै भन्दा धेरै कोहिनुर सेक्युरिटिजमा आवद्द रहेका ८१.४१ प्रतिशतले अनलाईन प्रणालीको युजर नेम र पासवर्ड लिएका छन् । त्यस्तै संख्याको आधारमा सानी सेक्युरिटिजबाट सबैभन्दा धेरै ४२ सय ४४ जनाले अनलाईन सेवा लिएका छन्।
हेर्नुस् सुची: