सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 01:02:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ। नेप्सेले आज मंगलबार देखि नै लागु हुने गरि कम्पनीको शेयर कारोबार अर्को सूचना प्रकाशन नभएसम्मको लागि रोकेको हो । नेप्सेले कम्पनीको सूचीकरण नै स्थगन गरेको हो ।

 धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ ( १ ) ( ग ) मा भएको व्यवस्था बमोजिम नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गर्न सक्ने भन्ने व्यवस्था रहेको र  कम्पनीले पटक पटक सूचना परिवर्तन गरेकोले उक्त विनियमावलीको विनियम १६(१) मा भएको व्यवस्था अनुरुप कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि कारोबार स्थगन गरिएको नेप्सेले उल्लेख गरेको छ।

साथै नेप्सेले नेपाल धितोपत्र बोर्डलाई कम्पनीको हकमा के कारवाही गर्ने भन्ने राय माग गरेको छ । बोर्डको पत्र आएपछि कम्पनीबारे थप निर्णय हुने नेप्सेले जनाएको छ।

 सिटिजन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो

तर बीमा प्राधिकरणले लाभांश रद्द गर्न निर्देशन दिएपछि कम्पनीको आज वैशाख २५ गते बसेको संचालक समितिको बैठकले लाभांश रद्द गरेको छ । 

कम्पनीले आकर्षक लाभांश घोषणा गरेपछि सोमबार  कम्पनीको सर्वाधिक शेयर कारोबार भएको थियो । लगानीकर्ताले भने सोमबार भएको कम्पनीको सम्पूर्ण शेयर कारोबार नै रद्द गर्न माग गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved