
बुधबार सेयर बजार परिसुचक नेप्से बढेको छ । यो साताको शुरुवाती तीन दिनमा ६८ अंकले घटेको नेप्से सुचक आज ५.१६ अंकले बढेर १ हजार ८ सय ९४.७६ को बिन्दुमा बजार बन्द भएको हो ।
आज १३७ कम्पनीको सेयर भाउ बढेको छ भने ८५ को घटेको र १२ कम्पनीको सेयर मुल्य स्थिर छ । जसमध्ये तीन कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिनको कारोबारमा सिटी होटलको मुल्य १० प्रतिशतले बढेको छ भने आजबाट मात्रै दोस्रो बजारमा कारोबार शुरु भएका माण्डू हाइड्रोपावर र हाथवे इनभेष्टमेन्टको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै २८६ कम्पनीको सेयर कारोबार हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९ सय ८० रुपैयाँ १३ पैसाको आज सेयर किनबेच भएको छ ।