तिहारपछिको पहिलो कारोबारमा सामान्य अंकले बढ्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 03:42:24 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार र छठ पर्वको बिदापछि खुलेको पहिलो शेयर कारोबारका दिन नेप्से परिसुचक सामान्य वृद्धि भएको छ । आज नेप्से सुचक १.३९ अंकले बढेर १ हजार ८ सय ५३.५८ को बिन्दुमा बजार बन्द भएको हो । 

नेप्सेका अनुसार आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ कम्पनीकोे घटेको छ र ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

यसदिन ग्लोबल आइएमई लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९१५ रुपैयाँ पुगेको छ । यता, फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा प्रतिकित्ता मूल्य १२० रुपैयाँ ९० पैसाले घटेर १ हजार ८८ रुपैयाँ ६० पैसा कायम भएको छ । त्यस्तै सयपत्री हाइड्रो सेयर मुल्य पनि १० प्रतिशतले घटेर आज प्रतिकित्ता सेयर भाउ ४५६ रुपैयाँ कायम भएको छ ।

आज २८४ कम्पनीको एक अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ ७० पैसाको सेयर किनबेच भएको छ ।  जसमध्ये हिमालय डिस्टीलरीको ७ करोड ३६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने सोल्टी होटलको ६ करोड ८४ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved