झण्डै २४ अंकले सुचक घट्दा २०१ कम्पनीको सेयर मूल्यमा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 03:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार र छठ पर्वको बिदापछि खुलेको दोस्रो कारोबारका दिन शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार सामान्य वृद्धि भएको नेप्से सुचक आज २३.८२ अंकले घटेर १ हजार ८ सय २९.६५ को बिन्दुमा बजार बन्द भएको हो । 

नेप्सेका अनुसार आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीकोे घटेको छ र ५ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

यसदिन मेन्छ्यम हाइड्रो पावरको शेयर मुल्य सबैभन्दा बढी ८.१३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २३१ रुपैयाँ पुगेको छ । यता, माथिल्लो मोलुङ्ग खोला जलविद्युतको शेयरमूल्यमा ९.९४ प्रतिशतले घट्दा प्रतिकित्ता मूल्य २३३ रुपैयाँ ८० पैसा कायम भएको छ । महिला लघुवित्तको सेयर मुल्य पनि ८.४६ प्रतिशतले घटेर आज प्रतिकित्ता सेयर भाउ १ हजार ५ सय ६८  रुपैयाँ कायम भएको छ ।

आज २८५ कम्पनीको ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँ ९१ पैसाको सेयर किनबेच भएको छ ।  जसमध्ये हिमालय डिस्टीलरीको ७ करोड ७८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved