नबिल बैंकको सेयर मुल्यमा उच्च गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 03:13:48 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से बढेको छ । बुधबार २०.६७ अंकले बढेको नेप्से आज ९.८७ अंकले बढेर १ हजार ८ सय ६०.२० को बिन्दुमा बजार बन्द भएको हो । पछिल्लो दुई दिनमा नेप्से ३० अंकले बढेको छ ।

नेप्से सुचक बढेपनि आज नबिल बैंकको सेयर मुल्यमा उच्च गिरावट आएको छ । बैंकको सेयर मुल्यसर्वाधिक ८.२० प्रतिशत अर्थात प्रतिकित्ता ४६ रुपैयाँले घटेर ५१५ रुपैयाँ कायम भएको छ । बैंकको १३ करोड १० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

नबिल बैंकले आज मात्रै २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो  । जस अनुसार  बैंकले  हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्नेछ  । बैंकले प्रति शेयर ११ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विगतका वर्षहरुको तुलनमा निकै कम लाभांश घोषणा गरेसँगै बैंकको सेयर मुल्यमा गिरावट आएको हो ।

नेप्सेका अनुसार आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीकोे घटेको छ र १० वटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

यसदिन उच्च वृद्धि हुने तीन कम्पनीमा जलविद्युत समूहका कम्पनी रहेका छन् । जसमध्ये बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर  मुल्यमा ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४८ रुपैयाँ  ५० पैसा पुगेको छ । त्यस्तै थ्रीस्टार हाइड्रोको सेयर मुल्य ८.५८प्रतिशत र सिक्लेस हाइड्रोपावरको सेयर मुल्य ८.५४ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved