८१ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 02:11:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारका विभिन्न ९ वटा विकास ऋणपत्र नपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका उक्त ऋणपत्र शुक्रबार नेप्सेमा सुचीकृत भएका हुन् । 

नेप्सेका अनुसार आठ वर्ष अवधिका ३ वटा, छ वर्ष अवधिका ५  वटा ऋणपत्र र पाँच वर्ष अवधिको १ वटा ऋणपत्र नेप्सेमा सुचीकृत भएका हुन् । छ वर्ष अवधिका  ऋणपत्रमा ६ अर्ब ८० करोड रुपैयाँको २०८६ ‘ज’, १० अर्ब रुपैयाँको २०८६ ‘झ’, ८ अर्ब ८० करोड रुपैयाँ २०८६ ‘ट’, ५ अर्ब ६० करोड रुपैयाँ २०८६ ‘ञ’, ६ अर्ब ९५ करोड रुपैयाँको २०८६ ‘ठ’ रहेका छन् ।

त्यसैगरी, ५ वर्ष अवधिको १० अर्ब रुपैयाँको २०८५ ‘ञ’, आठ वर्ष अवधिका १३ अर्ब १० करोड रुपैयाँको २०८८ ‘ग’, १० अर्ब करोड रुपैयाँको २०८८‘ङ’ र १० अर्ब रुपैयाँको २०८८ ‘घ’ रहेका छन् ।

यी सबै ऋणपत्रहरूको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ ।

सुचीकृत भएका ऋणपत्र


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved