
हाथवे इन्भेष्टमेण्ट नेपालको लकइन आज चैत १ सकिने भएको छ । कम्पनीको ३६ हजार ५१२ कित्ता शेयरको लकइन आज चैत १ सकिने भएको हो ।
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर चैत १ गतेपश्चात् कारोबारयोग्य हुने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत आइपीओ सर्वसाधारणमा जारी गरको थियो ।
सर्वसाधारणमा विक्री गरेको आइपीओमध्ये ५ प्रतिशत दरको १ लाख ४६ हजार २५० कित्तामध्ये ३६ हजार ५१२ कित्ता शेयर भने लइकनमा राखिएको थियो ।