२०८० सालमा ९० अंकले बढ्यो शेयर बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 05:52:20 PM मा प्रकाशित

laxmi  sunrise bank

२०८० सालको अन्तिम शेयर कारोबार आज भएको छ । वर्षको अन्तिम कारोबारमा आज नेप्से परिसूचक १०.७१ अंकले घटेको छ । 

तर, २०८० साल भरी भएको कारोबारमा नेप्से परिसूचक ९०.८२ अंकले बढेको छ ।

२०८० साल बैशाख १ गते परिसूचक १९३४.४८ को विन्दुमा थियो । वर्षको अन्तिम कारोबार दिन आज बुधबार परिसूचक २०२५.३० को विन्दुमा पुगेर रोकिएको छ । 

भोलि चैत्र २९ गते बिहिबार बक्र ईदको सार्वजनिक बिदा परेको छ भने ३० गते शुक्रबार बजार खुल्दैन । यस हिसाबमा आज भएको कारोबार नै २०८० सालको अन्तिम शेयर कारोबार हो । 

२०८० सालको पहिलो कारोबार दिनमा शेयर बजार परिसूचक नेप्से २.८० अंकले घटेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved