नेप्सले पायो पीसीआई एसएससीको एसोसिएट पार्टीसीपेटिङ अर्गनाईजेसनको सदस्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 04:51:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)ले पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसीआई एसएससी) को एसोसिएट पार्टीसीपेटिङ अर्गनाईजेसनको सदस्यता प्राप्त गरेको छ। यो काउन्सिल कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रम विकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो।

भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले PCI DSS सर्टिफिकेसन अनिवार्य नै गरेका छन्। कार्ड मार्फत हुने कारोवारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोवारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको एसोसिएट पार्टीसीपेटिङ अर्गनाईजेसनको सदस्यता प्राप्त गरेकोमा गौरवान्तित भएको नेप्सले जनाएको छ।

नेपालबाट उक्त सदस्यता प्राप्त गर्ने नेप्स पहिलो संस्था पनि बनेको नेप्सले उल्लेख गरेको छ। कार्ड मार्फत हुने कारोवारको सुरक्षा नै नेप्सको पहिलो प्राथमिकता रहेको नेप्सले जनाएको छ। नेप्स ISO 27001:2013 र PCI DSS Version 3.2.1 प्रमाणित संस्था पनि भएको हुँदा यो सदस्यताले सरोकारवालाहरुको नेप्स प्रतिको विश्वासलाई अझ प्रगाढ बनाउने नेप्सले उल्लेख भएको छ ।

साथै, नेप्स PCI SSC को Board of Advisory (BoA) मा पनि मनोनित भएको छ । यदि नेप्स BoA मा चयन भएमा, कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरु निर्धारण गर्दा नेप्सले पनि आफ्नो अनुभव तथा भनाईहरु प्रस्तुत गर्न सक्नेछ, कुनै नयाँ मापदण्डहरुको बारेमा अन्य संस्थालाई भन्दा नेप्सलाई पूर्व जानकारी हुनेछ, र अन्य महत्त्वपूर्ण स्रोतहरुमा पनि पहुँच पुग्ने छ । यसले सो कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि व्यवस्थालाई समयनुसार परिमार्जन गरि सुरक्षित कारोवार संचलानको यकिन गर्न टेवा पुग्नेछ, र नेपालमा रहेका अन्य संस्थाहरुलाई पनि उचित मार्गदर्शन प्रदान गर्न कोशेढुंगा सावित हुने नेप्सले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved