नेप्सको विशेष साधारण सभा सम्पन्न, एनसीएचएलमा २८ रुपैयाँमा गाभिने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 04:58:16 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) ले आज वैशाख १३ गते आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । विशेष साधारणसभाले  नेप्सलाई  नेपाल क्लियरिङ्ग हाउस लिमिटेड ( एन.सी.एच.एल) ले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

विशेष साधारण सभामा नेप्सका सञ्चालक समिति, शेयरधनी प्रतिनिधिहरु र व्यवस्थापन तर्फका उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

विशेष साधारण सभाले नेप्सको १०० कित्ता शेयर बराबर एन.सी.एच.एल.को २८ कित्ता शेयर कायम हुने गरी १ः०.२८ को शेयर आदान प्रदान अनुपातमा नेप्सलाई  एन.सी.एच.एल.ले प्राप्ति गर्ने प्रस्ताव सर्वसमतिले पास गरेको हो । प्राप्तिका लागि मिति २०८०/०९/०६ मा प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्ककन पश्चात मिति २०८०/१२/२२ मा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो।

हाल नेप्स र एन.सी.एच.एल को चुक्ता पुँजि क्रमश र ने.रु.२१ करोड १२ लाख र ने.रु.१ अर्ब ६६ लाख रहेकोमा प्राप्ति पश्चात एकिकृत संस्थाको चुक्ता पुँजि ने.रु.१ अर्ब ६ करोड ५८ लाख हुनेछ । नेप्सको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफारु.६ करोड४६ लाख रहेको थियो भने एन.सी.एच.एल.को खुद मुनाफा रु.३७ करोड ६८ लाख रहेको थियो ।

बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गर्दै  आएका छन्। नेप्सले  कार्डमा आधारित भुक्तानी प्रणालीको सञ्जाल स्थापना गरि सदस्य बैंकहरुलाई विभिन्न अन्तराष्टिय कार्ड स्किम मा आधारित कार्डहरु जारी गर्ने तथा सो सम्बन्धी विविध कारोबार सञ्चालन तथा फर्छौट गर्ने सेवा प्रदान गर्दै  आएको छ । त्यस्तै एन.सी.एच.एल.ले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ । 

यस पाप्ति पश्चात विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालको परिकल्पना लाई पुरा गर्न उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न सहयोग हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत नेप्सबीच र एनसीएचएल बिचको प्राप्तिले उल्लेखनीय भूमिका खेल्ने कम्पनीले उल्लेख गरेको छ । प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत सहयोग हुने नेप्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनिमयावली बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकबाट एकिकृत कार्य प्रारम्भ गर्न अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्ने दुई कम्पनीको तयारी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved