फोनपे र सुलभपे एनक्यासबीच भुक्तानी सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 09:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लि.मि.टेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्याश ) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो । 

सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्याश)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरेका छन्। यो सँगै सुलभ पे प्रा.लि. को एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ ।  

सम्झौता कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा एनक्यास सुलभ पेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले भने ‘हामी फोनपे क्यूआर सुरू गर्न पाउँदा उत्साहित छौँ । जुन हााम्रो प्रयोगकर्ताको आवश्यकता पुरा गर्ने मोबाईल वालेट सिर्जना गर्ने हाम्रो प्रयासको परिणति हो,“ हामी विश्वास गर्छौँ की फोनपे क्यूआर लगायत एनक्यास द्धारा प्रदान गरिएका स्क्यान र पे सेवाहरूले नेपालमा मानिसहरूले पहिलेभन्दा छिटो, सजिलो र अझ सुरक्षित् बनाउनेछ ”।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved