नेपालपे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 10:33:21 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको क्यासब्याक प्राप्त हुने भएको छ छ। नेपालपेका अनुसार उक्त अफर नेपाल भरी रहेका नेपालपे क्युआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत्र २६ गते देखि २०८० बैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।

विभिन्न मर्चेन्टहरुमा स्ट्याटिक क्युआर, डिपार्टमेन्ट स्टोरमा डाईनामिक क्युआर, इ-कमर्श पोर्टलमा क्युआर गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्टआइपिएस बाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने नेपालपेले जनाएको छ। नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २३५,००० भन्दा बढी नेपालले क्युआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको नेपालपेले जनाएको छ ।

नेपालपेका अनुसार हाल नेपालपे क्युआरको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । नेपालपे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्युआर गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने नेपालपेले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved