फोन पे प्रयोग गर्दा १ तोला सुन र स्कुटर जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 08:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

 भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो! क्युआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ । २०७९ चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिने फोनपेले जनाएको छ ।

फोनपेका अनुसार योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने , “फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रबर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोनपे गर्ने हो !’ अभियान ल्याइएको हो ।”

यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved