नेपाल पे क्युआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 03:51:01 PM मा प्रकाशित

laxmi  sunrise bank

 बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत 'नेपाल पे क्यु आर'मा ३ लाख भन्दा बढी मर्चेन्ट आवद्ध भएका छन् । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु क्युआरमा आवद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको नेपाल क्लियारिंग हाउस (एनसीएचएल) ले जनाएको छ ।

एनसीएचएलले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल- क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याएको हो। क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरु नेपाल पे क्युआरमा आवद्ध हुन सक्दछन् भने वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पे को सुविधा उपलब्ध छ। विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्युआरमा आबद्ध भई क्युआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने एनसीएचएलले जनाएको छ।

एनसीएचएलका अनुसार भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक QR इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा QR गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ ।

नेपाल पे क्युआर बाट भुक्तानी गर्न मोबाइल बैंकिड्न वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई नेपालले लोगो लोगो रहेको यकिन गर्न एनसीएचएलले आग्रह गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved