कनेक्ट आईपीएसबाट स्कूलको 'फी' भुक्तानी गर्दा छात्रवृत्ती पाउने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 06:37:43 PM मा प्रकाशित

कनेक्टआईपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अवसर ल्याएको छ। अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजार सम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्ने छन्।

कम्पनीका अनुसार यो अफर कनेक्टआईपीएसबाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्टआईपीएसको आधिकारिक वेबसाईट (www.connectips.com ) मा बिजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने छ।

अभिभावकहरु तथा विद्यार्थीहरुलाई कनेक्टआईपीएस मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुने कम्पनीले जनाएको छ। कनेक्टआईपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ । भुक्तानीकर्ताले कनेक्टआईपीएसको वेब वा एपमा लग इन गरी Creditors payment अन्तर्गत Educational Institutions मा क्लिक गरी Schools मा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन् । साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्टआईपीएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिन्छ ।

कनेक्टआईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याटफर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्टआईपीएसको वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्टआईपीएसमार्फत चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म रु. ३९०० अर्ब भन्दा बढी भुक्तानी कारोबार फर्छयौट भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved