कनेक्ट आईपीएसमा रिफर गर्दा दुवै जनालाई नगद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 07:01:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आईपीएसले 'रिफर अ फ्रेण्ड २.०' नामक अफर ल्याएको छ।  अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्ने र दुवैले खातामा नगद प्राप्त गर्ने छन् ।

कनेक्ट आईपीएसका अनुसार असार ५ गते देखि असार ३१ गतेसम्म यो अफर चल्ने छ। जस अनुसार जसलाई रिफर गरिएको हो उसले आफ्नो खाता भेरिफाइ गराएपछि रिफर गर्नेले २५ रुपैयाँ र रिफर लिएर नयाँ खाता खोल्नेले ५० रुपैयाँ आपनो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आईपीएसका अनुसार अफरको फाइदा लिन 'Referrer' ले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो 'Referral Code' दिनुपर्ने हुन्छ । 'Referee'ले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त 'Referral Code' दाखिला गरी वैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात 'Referrer' ले रु. २५ आफ्नो वैंक खातामा र 'Referee' ले रु. ५० आपनो बैंक खातामा प्राप्त गर्नेछ । Referrer ले आफ्नो 'Referral Code' सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र Referee ले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।

Referee को लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र Referral रकम खातामा प्राप्त हुने हुँदा Referee ले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने कनेक्ट आईपीएसले जनाएको।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved