आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2023 | 11:35:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे एपबाट नेपाल पे को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी  नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो । 

नेपालमा क्यु आर स्क्यान मार्फत भुक्तानी  बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।आइएमई पेको नेपाल राष्ट्र बैंकबाट अनुमती पाउनेमा पहिलोभुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved