नेपाल पे क्युआरमा आइएमई पे, खल्ती र प्रभुपे आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 09:38:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पे क्युआरमा आइएमई पे, खल्ती, तथा प्रभुपे आवद्द भएका छन् । यस संगै यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

यस आवद्दता सम्झौतामा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपे का अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देलले हस्ताक्षर गरेका छन्।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल - क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरमा Issuing App, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल पे क्युआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले QR Merchant Enrolment सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा रहेको  नेपाल क्लियरिङ हाउसले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved