नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य अरुणराज सुमार्गीलाई मकवानपुर उद्योग वाणिज्य संघले बधाई र शुभकामना दिएको छ । मंसिर १३ गते भएको महासंघको ५४ साधारणसभा अन्तर्गतको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित सुमार्गी मकवानपुर उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष समेत हुन् ।
महासंघको केन्द्रीय सदस्य सुमार्गीले मकवानपुरको तर्फबाट उम्मेदवार बनाएर आफूलाई विजयी गराउन भूमीका खेल्ने सबैलाई धन्यवाद दिँदै मकवानपुरका व्यवसायीको हितको लागि आफुले काम गर्ने बताए । महासंघका पूर्व अध्यक्ष हिटलर बिसेतले महासंघमा बनाएको छविलाई आफुले कायम राखेको बताएका सुमार्गीले आगामी दिनमा यो छविलाई अझ उच्च बनाउन भूमीका खेल्ने बताए ।
महासंघको आगामी नेतृत्वको रुपमा आफू दाबेदार रहेको संकेत गर्दै उनले आगामी नेतृत्व उभ्याउन मकवानपुर सफल भएको भन्दै अब मकवानपुरको आवाज नेपाल उद्योग वाणिज्य महासंघले बोल्ने बताए ।