टेली मेडिसिन सेन्टरबाट कोभिड तथा ननकोभिड बिरामीहरुलाई परामर्श सेवा प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 04:27:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघले टेली मेडिसिन सेन्टर बाट कोभिड तथा ननकोभिड बिरामीहरुलाई  दैनिक परामर्श सेवा प्रदान गर्दे आएको जनाएको छ । यस सेवाबाट स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त गरेको चेम्वरले बताएको हो ।

कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढी रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट २०७८ जेठ १६ देखि टेली मेडिसिन सेन्टर बाट परामर्श सेवा शुभारम्भ भएको बताएको छ । 

टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको चेम्बरले जनाएको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य विरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।  

यस केन्द्र संचालनका लागि साल्ट ट्रेडिङ कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजन रहेको बताइएको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले "Mero Doctor"  एप डाउनलोड गर्न सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved