महासंघमा जिल्ला नगरतर्फ सबै मत खस्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 05:25:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा जिल्ला नगरमा शतप्रतिशत मतदान भएको छ । निर्वाचन प्रमुख अधिकृत लिलामणि पौडेलका अनुसार जिल्ला नगरको कुल मतदाता ११७ रहेकामा सबै मत खसेको छ । 

यसअघि वस्तुगततर्फ पनि कुल १२३ मत नै खसेर शतप्रतिशत मतदान भएको छ । द्विराष्ट्रियतर्फको ५ मत पनि खसेको छ ।

एसोसियटतर्फ मतदान जारी छ । हालसम्म एसोसियटतर्फ १ हजार १३२ मत खसेको छ । महासंघको निर्वाचनमा कुल १ हजार ९५३ जना मतदाता छन् । साँझ ६ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । 

आजै राती ८ बजेबाट मतगणना सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved